गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ ।
आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेको हुन । सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु हुनासाथ समय दिएपछि आर्थिक मामिलामन्त्री धामीले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ र प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभासमक्ष टेबुल गरेका थिय ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगका सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्े ।
गत असार १ गते आव २०८३÷८४ को बजेट प्रस्तुत भएपछि आज बसेको बैठकमा बजेट टेबल भएपछि अब बाँकी प्रक्रिया अगाडि बढ्ने छन् । प्रदेश सरकारले आगामी आवका लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार विनियोजन गरेको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको छ ।
यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आव २०८२÷८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, सशर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।
उक्त बजेट प्रस्तुत भएपछि सत्तासाझेदार दलहरूबीच नै मतभेद भएपछि २२ दिनपछि बाँकी प्रक्रिया अगाडि बढेको हो । अब अर्को बैठकमा बजेटसम्बन्धी छलफल अगाडि बढ्नेछ ।
प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले सभालाई जानकारी गराए ।
प्रकाशित समय : १४:१६ बजे



















