global ime bank Long Banner Ad

गृहपृष्ठ मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत xr:d:DAFZTz0hTIo:750,j:45172352926,t:23041407

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले विश्व अर्थतन्त्रमा देखिएका राजनीतिक तनाव र अनिश्चितताका बीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहेको छ । सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत मा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । देशको विदेशी विनिमय सञ्चिति थप बलियो बन्दै गएको र हालको सञ्चितिले १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्व बजारमा देखिएको अनिश्चितता, भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बाबजुद नेपालको बाह्य क्षेत्र सन्तुलित रहेको तथा समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

मौद्रिक नीतिको समीक्षाले मूल्य स्थिरता कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यअनुसार वित्तीय क्षेत्रका सूचकहरूमा सुधार आएको पनि औंल्याएको छ । राष्ट्र बैंकले आगामी दिनमा आन्तरिक उत्पादन, लगानी विस्तार र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने गरी मौद्रिक व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु