गृहपृष्ठ डिशहोमले तुषाल मल्टिभेन्युसँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने
डिशहोमले तुषाल मल्टिभेन्युसँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने
काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहक सहभागिता अझ सुदृढ बनाउनुका साथै विभिन्न आकर्षक अफर तथा वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्नु रहेको छ।
सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विशेष छुट तथा सुविधाहरू प्राप्त गर्नेछन्। उपलब्ध गराइने सुविधाहरूमा:
- Sauna, Steam तथा Jacuzzi सेवामा ५०% छुट
- नयाँ जिम सदस्यतामा २०% छुट
- चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५% छुट
- Food & Beverage सेवामा १०% छुट
कसरी छुट प्राप्त गर्ने
- myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
- दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्नुहोस्।
- होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्नुहोस्।
- कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस्।
यस साझेदारीलाई औपचारिक बनाउने क्रममा तुषाल मल्टिभेन्यु का IT Head राजकुमार श्रेष्ठ र DishHome का Sr. Corporate Hospitality Account Officer देवराज श्रेष्ठ बीच समझदारी पत्र (MoU)मा हस्ताक्षर गरिएको हो।
DishHome Virtual Privilege Card कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।
आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।
यो सहकार्यले डिशहोम परिवारलाई स्वस्थ, सहज तथा गुणस्तरीय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै तुषाल मल्टिभेन्युका प्रिमियम सेवा तथा सुविधाको पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।
दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा आपसी लाभ र दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
डिशहोम र तुषाल मल्टिभेन्युबीचको यो सहकार्य ग्राहक केन्द्रित सेवा, वेलनेस प्रवर्द्धन तथा दीर्घकालीन रणनीतिक साझेदारीप्रतिको साझा प्रतिबद्धताको महत्वपूर्ण उदाहरण बनेको छ।
प्रकाशित समय : ११:४५ बजे



















