global ime bank Long Banner Ad

गृहपृष्ठ झापामा मकै उत्पादनमा ह्रास

झापामा मकै उत्पादनमा ह्रास

झापामा मकै उत्पादनमा ह्रास

झापा । धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । चालु आव २०८२र८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । उनले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिए ।

उहाँले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताए । “बाह्रदशी, झापा र गौरादहतिरका किसान ठूलो मारमा परेका छन्”, उनले भन्े “कुल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो ।”

झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ । आव २०८०र८१ मा प्रतिहेक्टर ७।८७ मेट्रिक टन उत्पादकत्व रहेकामा आव २०८१र८२ मा बढेर ७।८८ र आव २०८२र८३ मा ७।८ मेट्रिक टन पुगेको छ । यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ ।

उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ । आव २०८०र८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भई तीन लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो । आव २०८१र८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर तीन लाख ५१ हजार ४२६ मेट्रिक टन पुगेको थियो । तर आव २०८२र८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर रहे पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुग्यो ।

उहाँले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताए ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु