global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

२०८३ साल असार १३ गते शनिबार (सन् २०२६ जुन २७)। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। चन्द्रमा र नक्षत्रका आधारमा निर्धारण गरिने १२ राशिअनुसार आजको दिनको फलादेश यसप्रकार रहेको छ।

मेष: दिन सामान्य रहनेछ। यात्राका क्रममा सञ्चित धन खर्च हुने सम्भावना छ। आम्दानीभन्दा खर्च बढ्न सक्छ। धार्मिक कार्यबाट दिनको सुरुवात गरे सकारात्मक परिणाम मिल्नेछ।

वृष: दिन शुभ रहनेछ। राजनीति र व्यापारमा प्रगतिको योग छ। लगानीबाट लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ र श्रमको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन: साना सफलताले पनि मनमा उत्साह थपिनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ भने शिक्षामा थप मेहनत आवश्यक देखिन्छ।

कर्कट: आजको दिन अनुकूल रहनेछ। आम्दानीका स्रोत बलिया बन्नेछन्। कठिन परिस्थितिमा साथीभाइको सहयोग प्राप्त हुनेछ। योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ।

सिंह: दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुन सक्छ। केही चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने सम्भावना छ। शिक्षामा गरेको मेहनतको प्रतिफल भने प्राप्त हुनेछ।

कन्या: दिन राम्रो रहनेछ। कृषि तथा व्यापारबाट लाभ मिल्ने योग छ। स्वदेशमै आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन्। परिवारबाट कामको प्रशंसा प्राप्त हुनेछ।

तुला: आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रसन्न रहनेछ। सामाजिक वा राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्न सक्छ। शिक्षामा थप प्रयास आवश्यक देखिन्छ।

वृश्चिक: शुभ दिन रहनेछ। मन प्रसन्न रहनेछ र कामबाट सन्तुष्टि मिल्नेछ। श्रमको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षामा लगानी र मेहनतले राम्रो उपलब्धि दिलाउनेछ।

धनु: दिन सामान्य रहनेछ। खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। सम्पत्तिसम्बन्धी विषयमा सावधानी अपनाउनु राम्रो हुन्छ। शिक्षामा आलस्यले असर गर्न सक्छ, तर श्रमको मूल्य भने प्राप्त हुनेछ।

मकर: दिन निकै शुभ रहनेछ। आम्दानीका दृष्टिले अनुकूल समय छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। मेहनतको राम्रो फल प्राप्त हुने योग छ।

कुम्भ: मान–सम्मान बढ्नेछ। कठिन परिस्थितिमा तपाईंको सुझबुझले सफलता दिलाउनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछन्। कम बोलेर काममा केन्द्रित हुँदा अझ राम्रो परिणाम प्राप्त हुनेछ।

मीन: दिन राम्रो रहनेछ। बौद्धिक व्यक्तिसँग भेटघाट हुनेछ। धार्मिक कार्यप्रति रुचि बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा मेहनत गरे प्रगतिको राम्रो अवसर मिल्नेछ।

प्रकाशित समय : ०४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु