गृहपृष्ठ यातायात व्यवसायी भारत भ्रमणमा
यातायात व्यवसायी भारत भ्रमणमा
काठमाडौँ ।आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका १६ जना यातायात व्यवसायी भारत प्रस्थान गरेका छन् ।
सार्वजनिक सवारीसाधनलाई वातावरणमैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले उनिहरू मङ्गलबार भारतको चेन्नइ प्रस्थान गरेका हुन ।
भ्रमण दलले चेन्नइस्थित विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘स्वीच मोबिलिटी’द्वारा उत्पादित १२ मिटर लामो इलेक्ट्रिक बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुँवरले जानकारी दिए ।
पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष सुनिल कुँवरले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए ।
“हाम्रो मुख्य उद्देश्य नेपालमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्पमा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने सम्भावनाको खोजी गर्नु हो”, उनले बताए ।
प्रकाशित समय : १४:२६ बजे



















