global ime bank Long Banner Ad

गृहपृष्ठ डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक लोकार्पण

डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक लोकार्पण

डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक लोकार्पण

अन्नपूर्ण  । समुदायमा आधारित संरक्षण अवधारणाका प्रणेता स्वर्गीय डा चन्द्रप्रसादगुरुङको चर्चित कृति ‘केयरिङ फर द अन्नपूर्ण’को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ पोखरामा सार्वजनिक गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण सङ्ग्राहलयमा आयोजित समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं पूर्वसांसद मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख डा रविन कडरिया, संरक्षणविद् डम्मरकुमारी गुरुङ र चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाभएका डा गुरुङको यो पुस्तक उनको निधनपश्चात् फेला परेको पाण्डुलिपिमा आधारित छ । सोही दुर्घटनामा डा हर्क गुरुङ, मिङ्मा नोर्बु शेर्पालगायतका संरक्षणविद्ले ज्यान गुमाएका थिए ।

साहित्यकार तीर्थ गुरुङले अनुवाद गरेको यो पुस्तकलाई चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को आर्थिक सहयोगमा प्रकाशित यस कृतिले नेपालको संरक्षण इतिहास र डा गुरुङको योगदानलाई जनमानसमा पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पूर्वसांसद मनबहादुर गुरुङले एक्याप आदिबासी जनजाति, सीमान्तकृत समुदाय, दलित, विपन्न र राज्यको पहुँचभन्दा टाढा रहेका नागरिकको बसोबास रहेको विशेष क्षेत्र रहेकाले यो क्षेत्र अति नै महत्वपूर्ण रहेको बताए । करिब ४० वर्षअघि विकास र संरक्षणको अवधारणासहित सुरु भएको यो आयोजनाले प्रकृति, संस्कृति र कृषिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ थियो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले डा गुरुङले सुरु गरेको सामुदायिक संरक्षण अभियानका बारेमा चर्चा गरेका थिए। नेपालको पर्यटन र संरक्षण क्षेत्रमा डा चन्द्र गुरुङको योगदान अतुलनीय भए पनि त्यसको उचित पहिचान अझै हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चन्द्र गुरुङ मेमोरियल फाउन्डेसन र अन्य सरोकारवाला निकायले मिलेर पर्यटन र संरक्षणको माध्यमबाट स्थानीयको जीवनस्तर सुधार्न थप सक्रिय हुनुपर्ने अवस्था छ ।

चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानका सचिव डा रोशन शेरचनले डा चन्द्र गुरुङले पुर्याएको योगदानलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको जानकारी दिए। यसले नेपालको संरक्षण इतिहासका लुकेका पक्षलाई उजागर गर्ने उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष शिखा गुरुङ खेतानले फाउण्डेसनले डा चन्द्र गुरुङको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

प्रकाशित समय : ०५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु