global ime bank Long Banner Ad

गृहपृष्ठ बनेपामा महिलालक्षित घुम्ती कला प्रदर्शनी

बनेपामा महिलालक्षित घुम्ती कला प्रदर्शनी

बनेपामा महिलालक्षित घुम्ती कला प्रदर्शनी

काभ्रेपलाञ्चोक । बनेपामा महिलालक्षित तीनदिने घुम्ती कला–प्रदर्शनी सञ्चालन गरिएको छ । दलित महिला केन्द्र नेपालद्वारा संयुक्त राष्ट्रसङ्घीय महिला संस्थाको सहयोग तथा सृजनालयको साझेदारीमा आयोजित ‘उर्लिँदो नदीसरीः प्रतिरोधका कथाहरु’ विषयक समूहगत छलफल तथा प्रदर्शनी सञ्चालनमा ल्याइएको हो ।

समुदायमा रहेका महिला तथा सीमान्तकृत वर्गका अनुभव, सङ्घर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावनाबारे अर्थपूर्ण छलफल तथा कला, कथा र संवादमार्फत सामाजिक न्याय, लैङ्गिक समानता तथा मानवअधिकारका विषयलाई कार्यक्रममा सशक्त रूपमा प्रस्तुत गरिनेछ ।

विद्यार्थी, सामाजिक अभियन्ता, स्थानीय सरोकारवाला तथा समुदायका प्रतिनिधिको उत्साहजनक सहभागिता जनाई कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउँदै लगिएको पाइएको बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहालले बताइन ।

उनका अनुसार महिला, समुदाय र सामाजिक परिवर्तनका सशक्त कथाहरूलाई कला र कथावाचनमार्फत प्रस्तुत भइरहेको छ ।

यस्तै प्रदर्शनीमा १५ कलाकारका सृजना समावेश गरिएका छन् । ती सृजनाले नेपालका विभिन्न समुदायका महिलाको जीवन, श्रम, ज्ञान, नेतृत्व, सङ्घर्ष र सहनशीलताका कथालाई कलात्मक माध्यमबाट प्रस्तुत गरिरहेको जनाइएको छ ।

प्रदर्शनीमा सुदूरपश्चिम, कर्णाली, मधेस र बाग्मती प्रदेशका महिला तथा समुदायका अनुभव र परिवर्तनका कथालाई केन्द्रमा राखिएको छ ।

सार्वजनिक विमर्शमा प्रायः ओझेलमा परेका महिलाका भोगाइ, सपना, साझा–सङ्घर्ष तथा दैनिक साहसी कामलाई उजागर गर्दै प्रदर्शनीले संवाद, चिन्तन र आशाको वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ ।

प्रदर्शनीमा प्रस्तुत कलाकृतिसँगै कथावाचन, स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीका लागि विशेष ‘हाटबजार’ र ‘सुनौलो बिहानी’ नामक सडक नाटकले कला, संस्कृति, समुदाय र सामाजिक चेतनाको जीवन्त सङ्गम सृजना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु