गृहपृष्ठ माण्डु हाइड्रोपावरले घोषणा गर्यो १० प्रतिशत बोनस सेयर
माण्डु हाइड्रोपावरले घोषणा गर्यो १० प्रतिशत बोनस सेयर
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
जलविद्युत क्षेत्रमा सक्रिय माण्डु हाइड्रोपावरले नाफाबाट लगानीकर्तालाई प्रतिफल दिने निर्णय गरेसँगै सेयरधनीले बोनस सेयर प्राप्त गर्ने भएका छन् । अब आयोग र साधारणसभाको स्वीकृतिपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ ।
प्रकाशित समय : १२:२८ बजे













