global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, अब ईआरपीबाटै बैंकिङ सेवा सञ्चालन गर्न सकिने

सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, अब ईआरपीबाटै बैंकिङ सेवा सञ्चालन गर्न सकिने

सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, अब ईआरपीबाटै बैंकिङ सेवा सञ्चालन गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, भविष्यमा फन्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत गरिएको छ । ‘र्यापिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस (BaaS) मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ ।

अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले ‘Connect with API Banking’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ । त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । ‘र्यापिड’ले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता ल्याउने विश्वास गरिएको छ । ‘र्यापिड’मा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकोले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनलाई सुरक्षित बनाउने विश्वास समेत बैंकले लिएको छ । एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य बैंकले लिएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा तथा क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु