global ime bank Long Banner Ad

गृहपृष्ठ टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।

सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकि छन । आज बिहान ६ः०० बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु