global ime bank Long Banner Ad

गृहपृष्ठ जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट (भिडियो सहित)

जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट (भिडियो सहित)

जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।

रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताए ।
उनले जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आन्दोलनसँग सम्बन्धित कुनै फोटो वा भिडियोमा आफू नदेखिएको उल्लेख गरे ।

उनले भने, ‘गत भदौ २३ र २४ गते अस्पतालमा थिए । श्रीमतीलाई आपत्कालीन कक्षमा राखिएको थियो । जेनजी आन्दोलनमा मेरो फोटो, भिडियो कतै पनि छैन । तर राष्ट्रिय मानव अधिकार आयोगले निकालेको २४ गतेको आन्दोलनमा मेरो पनि नाम छ । मानव अधिकार आयोगले अन्याय गरेको छ । प्रमाण हेर्नुपथ्र्यो होला, मेरो संगलग्नता हेर्नुपथ्र्यो होला, मेरो फोटो वा भिडियो हेर्नुपथ्र्यो होला ।

अस्पतालमा भएको मान्छेको नाम लेख्न मिल्छ ? मानव अधिकार आयोगले नै अन्याय गरेपछि अदालत आएको हुँ । सत्य–तथ्य छानविन होस्, नाम हटाइयोस् भनेर म निवेदन लिएर आएको हुँ ।’
बोहोराका अनुसार मानव अधिकार आयोगले भदौ २४ गतेको आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम समावेश गरेको छ । आयोगले पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै उनले आपत्ति जनाए ।

आयोगबाट अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताउँदै बोहोराले प्रतिवेदनमा उल्लेख गरिएको आफ्नो नाम हटाउन तथा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको जानकारी दिए । उनले अदालतबाट निष्पक्ष छानबिन भई वास्तविक तथ्य सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु