global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्ला । जिल्लाको हिमा गाउँपालिका(३ स्थित जोगिबाँडामा रु छ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको  छ करोड ३४ लाखको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र आह्वान गरेको जनाउँदै  छ करोड ३४ लाखमा बन्ने उक्त पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माणका लागि सम्झौता भएको बताए ।

यसअघि हिमा नदीमाथि पुल नहुदाँ गाउँसम्म पुग्न तथा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । प्रदेशको सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चत गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईंले बताए । उनका अनुसार उक्त पुल निर्माण भएपछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र आवतजावत गर्न सुविधा पुग्ने हिमा(३ का वडाध्यक्ष धनवीर रोकायाले बताए । उनका अनुसार पुल ४० मिटर लामो हुनेछ । पुल आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु