global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । साथै, एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।

नेपालमा पहिले नै १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई फाइभको सफलतापछि नयाँ ई फाइभ प्रो अझ उन्नत प्रविधि, आधुनिक डिजाइन र प्रिमियम सुविधासहित आएको हो ।
यस गाडीमा ५०.७ किलोवाट घण्टाको ब्याट्री, ९९ किलोवाट क्षमताको मोटर र २८८ न्यूटन मिटर टर्क रहेको छ । यसले करिब ३५० किलोमिटर दूरी (मापदण्ड अनुसार) पार गर्न सक्ने दाबी गरिएको छ । १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका ह्वीलले नेपाली सडकका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ ।

डिजाइनका हिसाबले यो गाडी अत्याधुनिक र आकर्षक छ । भित्री भागमा आरामदायी सिट, सनरुफ, उच्च गुणस्तरका सामग्री र ठूलो टचस्क्रिन डिस्प्ले राखिएको छ । सुरक्षाका लागि १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहयोग प्रणाली र ५४० डिग्री वरिपरि देख्न मिल्ने क्यामेरा प्रणाली जडान गरिएको छ । कम्पनीका अनुसार यो गाडी अब नेपालभरका शोरूममा बुकिङका लागि उपलब्ध छ ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु