global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथालगायत हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन

सगरमाथालगायत हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन

सगरमाथालगायत हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई जना भारतीय आरोही रहेको पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको को निधन भएको हो । पर्यटन विभाग र आधार शिविरस्थित सम्पर्क अधिकृतका अनुसार मृत्यु हुनेमा भारतीय नागरिकहरू अरुणकुमार तिवारी र सन्दीप आरे छन् ।

त्यस्तै, खुम्बु आइसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को बिचमा ३५ वर्षीय विजय घिमिरेको यसअघि नै मृत्यु भइसकेको छ । ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरेको मृत्यु भएको हो ।

त्यसअघि, आधार शिविर नजिकै सेभेन समिट टे्रेक्ससँग आबद्ध पर्वतारोही गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको थियो । सोलुखुम्बुको सोताङ गाउँपालिका–४ स्थायी घर भएका ५२ वर्षीय शेर्पाको आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर मृत्यु भएको पुष्टि गरिएको हो । त्यस्तै, पासाङल्हामु गाउँपालिका–५ का फुरा गेल्जेन शेर्पाको पनि निधन भएको छ ।

त्यसैगरी डेभिड रोबिनेक र जोहानसेन शेलीको मकालु हिमाल आरोहणका क्रममा क्रमशः मकालु–३ र मकालु–१ क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ ।

मृत्यु भएकाहरुको शव व्यवस्थापन भएपनि भारतीय आरोही अरुणकुमार तिवारीको शव घट्नास्थलमै छाडिने भएको छ । शव उद्धारमा भौगोलिक कठिनाइ र खर्च अधिक हुने भएकाले तिवारीको परिवारले शवलाई ‘भगवान शिवको निवास’ वा ‘देवभूमि’मा छाड्ने निर्णयमा पुगेका हुन् ।
सगरमाथाबाट ओर्लने क्रममा मृत्यु भएका हैदराबाद निवासी तिवारीको परिवारले धार्मिक विश्वास, खर्च अभाव, झन्झटिलो प्रक्रिया र उद्धारमा जटिलताका कारण सगरमाथा क्षेत्रमै छाड्ने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार उनकी श्रीमती र दुई छोरीले तिवारीको शव हिमालमै व्यवस्थापन गर्न अनुमति दिइसकेका छन् ।

सगरमाथाबाट ओर्लने क्रममा हिलारी स्टेप नजिकै मृत्यु भएका तिवारीको शव हिउँको कारणले गर्दा बरफ काट्नुपर्ने, माइनस ६३ डिग्रीमा शरीर कडा हुने भएकाले टुक्रिनसक्ने अनुमान गरिएको छ । तर परिवारले अपमानित तरिकाले शव ल्याउन अस्वीकार गरेका हुन् ।

तिवारीको परिवारले हिमालप्रतिको उनको प्रेमलाई सम्मान गर्न शव हिमालयमा गाड्न अनुमति दिने निर्णय गरेको र शव हैदराबादमा फिर्ता लैजान ९० लाख रुपैयाँसम्म खर्च हुने पनि टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु