गृहपृष्ठ राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न प्रेरणा दिने
राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न प्रेरणा दिने
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र दिवसबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रेरणा मिल्ने बताएका छन ।
गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाउँदै आएको उल्लेख गरे ।
प्रकाशित समय : १३:१५ बजे



















