गृहपृष्ठ ‘एभरेस्ट फिल्म फेस्टिभल’ : नेपाल-चीन सांस्कृतिक सम्बन्ध नयाँ उचाइमा
‘एभरेस्ट फिल्म फेस्टिभल’ : नेपाल-चीन सांस्कृतिक सम्बन्ध नयाँ उचाइमा
काठमाडौँ । नेपाली चलचित्रलाई चीनको बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले दुई देशबिचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । चलचित्रकर्मीले उक्त फेस्टिभललाई नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेका छन् ।
फेस्टिभलको अनुभव सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल एआई फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशु (शु-ग) ले नेपाली चलचित्रलाई चीनको बजारमा लैजाने प्रस्ताव राखेपछि यस अभियानको सुरुवात भएको जानकारी दिए ।
फेस्टिभलका लागि नेपालबाट २३ चलचित्र पठाइएकामा ११ वटा छनोटमा परेका जनाउँदै उनले अन्ततः छ वटा चलचित्रले चिनियाँ सेन्सर प्रक्रिया पार गरेका बताए । उनका अनुसार सेन्सर पास भई छनोट भएका चलचित्रमा ‘एन्जिला’, ‘छक्का पन्जा-५’, ‘तेलभिसा’, ‘महाजात्रा’, ‘कबड्डी-४’ र ‘होस्टेल’ छन् ।
फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका तत्कालीन अध्यक्ष जनकदीप पराजुलीलगायत निर्देशक, निर्माता र कलाकारहरूको सहभागिता थियो । साथै सशस्त्र प्रहरी बलका कलाकार टोलीले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चीनको छाङ्शामा सात दिनसम्म ‘कबड्डी(४’, ‘छक्का पञ्जा-५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेलभिसा’ र ‘होस्टेल-३’ प्रदर्शन गरिएको थियो । एउटै समयमा पाँच वटा हलमा नेपाली चलचित्र प्रदर्शन भएको अनुभव नेपाली टोलीका लागि अविस्मरणीय रहेको सहभागीहरूले बताएका छन् । फेस्टिभल अवधिमा आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’ लाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
चीन एआई प्रविधिमा अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपाली टोलीले चलचित्र निर्माणमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको फिल्म फेस्टिभलका अध्यक्ष थापाले बताए ।
उनले हालै चीनको हुनान प्रान्तका छाङ्शा र हेङ्याङ सहरमा सम्पन्न ‘२०२६ नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले नेपाली चलचित्र उद्योगका लागि अन्तरराष्ट्रिय बजार विस्तारको नयाँ सम्भावना सिर्जना गरेको जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार करिब तीन वर्षअघि चिनियाँ नागरिक होङ्गशुले नेपाली चलचित्रलाई चीनको विशाल बजारमा लैजाने प्रस्ताव राखेपछि यो अभियान सुरु भएको हो । प्रारम्भमा सामान्य भेटघाटबाट सुरु भएको प्रयास अहिले नेपाल(चीन चलचित्र सहकार्यको महत्वपूर्ण आधार बनेको उनले बताए ।
समारोहमा चिनियाँ अध्यक्ष जियाङ बोले सन् २०२१ को प्रारम्भिक परिकल्पनादेखि लिएर दुई वर्षभन्दा बढीको अथक तयारीपछि यो महोत्सवले पूर्णता पाएको स्मरण गरे । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालसहित नेपाली चलचित्रकर्मीहरूको सहभागिता थियो ।
प्रकाशित समय : २२:४४ बजे



















