global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेको छ । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिए।

पशुपतिनाथको दर्शन गरेपछि नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरे । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराएको थियो ।

मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गरे । मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेको थियो । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आएको थियो । शनिबार कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गरेको थियो ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु