global ime bank Long Banner Ad

गृहपृष्ठ प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा

प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा

प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले आइतबार काठमाडौँमा आयोजना गरेको “नेपालका लागि बेलायत : समग्र शैक्षिक साझेदार” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी संयुक्त अधिराज्य ९बेलायत०का इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्रा, नेपालका लागि बेलायतका राजदूत रब फेनलगायत। तस्बिरस् प्रदिपराज वन्त, रासस

काठमाडौ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएका छन ।

‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आज आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा उनले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिए ।

शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाइ थियो । “बेलायतको एक अभिष्ट शैक्षिक विकास हो । कसरी शिक्षामार्फत युवालाई अवसर सृजनामा सहयोग गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौँ ।,” उनले भने “नेपालमा बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा नेपालबाट पढ्न गएका विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र सम्बन्ध झल्किएकै छ । शिक्षाका अन्य क्षेत्रमा नेपालको नयाँ सरकारका प्राथमिकताका आधारमा सहकार्य बढाउन हामी तयार छौँ ।”

मन्त्री मल्होत्राले भ्रमणका क्रममा अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायसँग भेटवार्ता गरेका थिय । नेपालका लागि बेलायतका राजदूत रब फेनले दीगो लगानीका बहुक्षेत्रका विषयमा उहाँहरूबीच विमर्श भएको जानकारी दिए ।

बेलायत सरकारले दीर्घकालीन साझेदारीको सोचअन्तर्गत आधिकारिक विकास सहायता ९ओडिए०मार्फत् अन्तरराष्ट्रिय विकासलाई समर्थन गर्दै आएको छ ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समतामूलक समावेशीता, प्राविधिक शिक्षा र अशल शासनजस्ता सवालमा नेपाल सरकारले वैदेशिक सहकार्य खोजेको बताए ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु