global ime bank Long Banner Ad

गृहपृष्ठ मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।
मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले भण्डारीका राजनीतिक चुनौतीहरूको विश्लेषण, व्याख्या र समाधान प्रस्तुत गर्ने शैलीलाई जीवन्त अभिलेखका रूपमा पुस्तकमा समेटिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘मदन भण्डारीले आफ्नो समयमा चुनौतीहरुलाई कसरी आत्मसात गर्नुभयो, तिनको कसरी विश्लेषण र व्याख्या गर्नुभयो तथा समाधानका उपायहरु जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराको जीवन्त अभिलेख यो पुस्तकमा समेटिएको छ । ’

भण्डारी सामान्य राजनीतिक नेता मात्र नभई विचार निर्माण गर्ने चिन्तक तथा सिद्धान्तकारसमेत भएको भन्दै उनले जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता भएको धारणा राखिन् ।

उनले भनिन्, ‘जननेता मदनभण्डारी सामान्य राजनीतिक नेता मात्र नभइ विचार निर्माण गर्ने नेता हुनुहुन्थ्यो । उहाँ राजनीतिक आन्दोलनलाई सुदृढ, सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक एवम् विचारक पनि हुनुहुन्थ्यो ।’

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी सञ्चारको शक्ति, जनमतको महत्व र विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रूपमा परिचित रहेको पनि बताइन् ।
उनले भनिन्, ‘जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि हुनुहुन्थ्यो । साथै उहाँ संचारको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।’

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु