गृहपृष्ठ हाटबजार पूर्वाधार निर्माण : किसानलाई कृषिउपज बिक्रीमा सहज हुने
हाटबजार पूर्वाधार निर्माण : किसानलाई कृषिउपज बिक्रीमा सहज हुने
हाटबजार सञ्चालनका लागि सात कट्ठा जग्गा व्यवस्थापन भइसकेको जनाउँदै उनले निर्माण असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। बजार सञ्चालन तथा व्यवस्थापनका लागि नगर कृषक समन्वय समिति गठन गरी त्यसैमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ।
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका – १० झलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ।
कृषिउपज बिक्रीका लागि स्थानीयस्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानलाई लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकार्यमा हाटबजारस्थल निर्माण अघि बढाइएको हो।
संघीय सरकारको चालु आर्थिक वर्षको सशर्त अनुदान कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा हाटबजारस्थल निर्माण गर्न लागिएको छ। नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरका अनुसार बजार सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन १५ लाख रुपैयाँ लागतमा टिनसेट (जस्तापाता प्रयोग गरेर बनाइएको अस्थायी टहरा) निर्माण तथा पाँच लाख रुपैयाँ लागतमा चारैतिर ‘मेसवायर’ (जाली तार) जडानको काम भइरहेको छ।
प्रकाशित समय : १६:३८ बजे



















