global ime bank Long Banner Ad

गृहपृष्ठ हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’

हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’

हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’

लिङ । हिंसापीडित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनःस्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्व, जिल्लाका ११ वटै स्थानीय तहको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । सेवा केन्द्रमा लैंगिक हिंसामा परेका महिला, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा बेवारिसे अवस्थामा भेटिएकालाई परिवार तथा समाजमा पुनःमिलन नगराउँदासम्मको अवधिमा आश्रय दिएर राख्ने गरिएको उनले बताए ।

केन्द्रमा हालसम्म २२ जनाले सेवा लिइसकेका जनाउँदै प्रमुख पौडेलले तीमध्ये १५ जना लैङ्गिक हिंसाअन्तर्गत बलात्कार एवं जबरजस्तीकरणीमा परेका महिला रहेका उल्लेख गरे । उनका अनुसार पाँच जना पारिवारिक हिंसामा परेका र दुई जना बाटोमा बेवारिसे अवस्थामा भेटिएका महिला छन् ।

“विशेषगरी हिंसामा परेका पीडित महिलालाई तत्काल राहत र संरक्षणका लागि सेवा केन्द्रको काम प्रभावकारी बन्दै गएको छ”, “निशुल्क खाना, खाजा, हेरचाह, बसोबास, कानुनी सहायता, मनोपरामर्शलगायत सेवा दिने गरिएको छ ।” उनका अनुसार प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार सङ्कट व्यवस्थापन प्रणालीबाट स्वास्थ्य उपचारसहितका विभिन्न सेवा प्रदान गर्ने गरिँदै आइएको छ ।

अल्पकालीन सेवा केन्द्रले हिंसामा परेका महिलालाई संरक्षण गर्ने र सम्भावित दुर्घटना हुन नदिनका लागि प्रभावकारी भूमिका निर्वाह गरिरहेको पुतलीबजार नगरपालिकाका उपप्रमुख एवं अल्पकालीन सेवा केन्द्रकी संयोजक देवी अर्यालले बताइन । अल्पकालीन सेवा केन्द्रको काम प्रभावकारी भए पनि कतिपयलाई यसका बारेमा जानकारी नहुँदा सेवाको पहुँच पुग्न नसकेको उनको भनाइ छ ।

“हिंसामा परेका महिलालाई तत्काल उद्धार गरी अल्पकालीन केन्द्रमा ल्याएर आश्रय दिनुका साथै उहाँहरूलाई पुनःसमाजमा स्थापित गराउँछौँ”, उपप्रमुख अर्यालले भन्नुभयो, “हिंसामा परेका बेला आत्मबल कमजोर हुन सक्छ, घरमा वा समाजमा बस्न नसक्ने अवस्था आउन सक्छ, त्यतिबेला हामीले यहाँ राखेर मनोपरामर्श दिने, घटनाका बारेमा बुझेर न्यायका लागि आवश्यक पहल गर्ने काम गर्दै आएका छौँ ।”

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु