global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर

सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर

सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रारम्भिक अनुमानअनुसार प्रदेशको कुल अर्थतन्त्रमध्ये एकतिहाइभन्दा बढी हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रले ओगट्ने भएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमध्ये कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान मात्रै ३३ दशमलव ४३ प्रतिशत रहनेछ । सेवा क्षेत्रको हिस्सा ५२ दशमलव ७ प्रतिशत भए पनि औद्योगिक तथा उत्पादनमुखी द्वितीय क्षेत्रको योगदान भने १३ दशमलव ७ प्रतिशतमा सीमित रहने देखिएको छ ।

तथ्यांकले प्रदेशमा औद्योगिक विस्तार अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ । प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन १ हजार १७० अमेरिकी डलर रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत १ हजार ५१३ डलरभन्दा निकै कम हो ।

स्थिर मूल्यमा प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव २८ प्रतिशत रहने अनुमान गरिएको छ । यो राष्ट्रिय औसत ३ दशमलव ८५ प्रतिशतभन्दा कम हो । यद्यपि, वित्तीय तथा बीमा क्षेत्रमा सबैभन्दा उच्च ७ दशमलव ९८ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । यातायात पूर्वाधार विस्तार र इन्टरनेट पहुँच बढेसँगै यातायात, भण्डारण तथा सूचना–सञ्चार क्षेत्रमा पनि सकारात्मक वृद्धि देखिएको छ । तर सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने शून्य दशमलव १८ प्रतिशत ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ । सरकारी खर्च न्यून रहनु यसको मुख्य कारण मानिएको छ ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु