global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न

वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न

वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न

औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जले यहाँका २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६१ प्रतिशत मात्रै आर्थिक गणना भएको जनाएको हो ।

तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जका प्रमुख पुस्कर बिजुक्छेले पर्सामा रहेका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनामा अपेक्षाकृत ढङ्गले सहयोग नगरेका गुनासो गरे । उनले वीरगञ्जका केही प्रतिष्ठानमा सडक विस्तारको क्रममा असर पारेकाले तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको बताए ।

“जिल्लामा ६६ जना गणक आर्थिक गणनाका लागि खटिएका छन् । प्रतिष्ठानहरूले आवश्यक समन्वय गरेर तथ्याङ्क उपलब्ध नगराउँदा भने तथ्याङ्क प्राप्तिमा समस्या भइरहेको छ”, प्रमुख बिजुक्छेले भने, “यही जेठ ७ गते समीक्षा बैठक राखेर तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची बनाएर आवश्यक निर्णय लिइनेछ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आर्थिक गणनामा तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची पठाउनका लागि अनुरोध गरे ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु