global ime bank Long Banner Ad

गृहपृष्ठ ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार शर्मालाई प्रदान गरिने

‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार शर्मालाई प्रदान गरिने

‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार शर्मालाई प्रदान गरिने

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गर्ने निर्णय युगकवि सिद्धिचरण प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानले नगद एक लाख रुपैयाँको सो पुरस्कारसहित सम्मान गरिने आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । युगकवि श्रेष्ठको साहित्यिक तेज तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन एवं उल्लेखनीय योगदान पुर्‍याउने अग्रणी साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यस पुरस्कारका लागि प्राडा मोहन लोहनीको संयोजकत्वमा गठित पुरस्कार छनोट उपसमिति गठन गरिएको थियो । जसमा सदस्यका रूपमा प्राडा अभि सुवेदी र प्राडा उषा ठाकुर रहेका छन् ।

युगकवि श्रेष्ठको जन्म विसं १९६९ जेठ ९ गते भएको थियो भने उनको निधन विसं २०४९ जेठ २२ गते भएको थियो ।

प्रकाशित समय : २२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु