global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौँ ।राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ७४ रनको योगदान गरेका हुन् । इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहायतामा ५५ रन बनाउँदै मैदानबाट बाहिरिए भने आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ रन जोडे ।

बलिङतर्फ स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिँदा ब्राण्डन म्याकमुलनले एक विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो ।

स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४४ बलमा छ चौका र छ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरेका हुन् । त्यसैगरी माइकल इङ्ग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए । जर्स मुन्सीले २१ रन बनाउँदा मार्क वाटले २० रन जोडे ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु