गृहपृष्ठ भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै
भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै
चितवन । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो ।
भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरूले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका नगर प्रहरीहरूले गरिरहेको उनले जानकारी दिए ।
इन्जिनियर बोटले भने, ‘महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर पोलहरूलाई सुन्दर र व्यवस्थित गर्ने काम भइरहेको छ ।’
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्थानीय प्रशासनसहितको बैठक पछि इन्टरनेट सेवा प्रदायकहरूलाई अव्यवस्थित रहेका तारहरू हटाउन लगाइएको बताए ।
महानगरभित्र यस्ता तारका कारण असुरक्षित र कुरूप देखिएको भन्दै उनले आफ्नो तार व्यवस्थापन नगरेमा नगर प्रहरीले हटाउने भएकाले तत्काल काम गर्न भनिएको बताए ।
सबै सेवा प्रदायक र महानगरका नगर प्रहरीहरूले पोलहरूमा काम गरिरहेको बताए । यही वैशाख २७ गतेदेखि निरन्तर रुपमा काम भइरहेको छ ।
प्रकाशित समय : १३:५१ बजे



















