global ime bank Long Banner Ad

गृहपृष्ठ सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केबल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको विषय भएको बताएको छ ।

विश्व सडक सुरक्षा सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी अभियानलाई समुदायस्तरसम्म विस्तार गरिने बताए ।

उहाँले ट्राफिक व्यवस्थापनमा नागरिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवार र अनुशासित सडक प्रयोगकर्ता बन्न आग्रह गरे । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक भएको उल्लेख गर्दै नियम पालनामा कडाइ गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको पालना, सवारीसाधनको नियमित परीक्षण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने बानी तथा पैदलयात्रुको सचेत व्यवहारले दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने बताए ।

त्यस अवसरमा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय रोटरीको सडक सुरक्षा कमिटीका अध्यक्ष नुगल वैद्य, निमा नेपालका कार्यकारी निर्देशक राजकुमार दुलाल, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीलगायतले सवारी दुर्घटनाका चुनौती, ट्राफिक अनुशासन तथा सुरक्षित यातायात प्रणाली निर्माणका विषयमा आआफ्ना धारणा राखेको थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित समय : १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु