global ime bank Long Banner Ad

गृहपृष्ठ सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कार्पियो पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

प्रहरीका अनुसार बिरामीका लागि गाडीमा जडान गरिएको अक्सिजन सिलिन्डर अचानक पड्किँदा आगलागी भएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु