global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्यो : बालेन सरकारमाथि हाम्रो निगरानी

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्यो : बालेन सरकारमाथि हाम्रो निगरानी

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्यो : बालेन सरकारमाथि हाम्रो निगरानी

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान सरकारले जनतामाथि क्रुर शासन चलाएको आरोप लगाएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफूहरुको ‘बालेन’ सरकारमाथि निरन्तर निगरानी रहनेसमेत बताएको छ ।

अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको मुद्धामा मौन रहने र जनतामाथि अत्याचारी बनेको आरोप लगाए । ‘नेपाली भूमि लिपुलेकमा भारतीय रवैयाप्रति चुपचाप बन्ने तर जनतामाथि निरङ्कुश र तानाशाही प्रवृत्तिका विरुद्ध हामी चुप रहन सक्दैनौं’, सिंहले चेतावनी दिए ।

सह–संयोजक अजय सोडारीले संसद भवन, सिंहदरबार जल्दा चुप लाग्ने सेनाले सुकुम्बासी बस्तीमा डोजर लगाउन आएको भन्दै आक्रोश व्यक्त गरे । ‘वर्तमान सरकारमा ‘होसभन्दा जोश’ बढी छ, जसले विधिको शासन, थितिको शासन, प्रणालीको शासन र कानुनी राज्यको उपहास गरेको छ,’ सोडारीले भने ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले जेनजीको बलबाट आएको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानविन समितिको प्रतिवेदन अनुसार न्याय दिन नसकेको भन्दै रोश व्यक्त गरे । विश्वकर्माले राष्ट्रिय मानवअधिकार अयोगले तयार पारेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरे ।

अभियानका सचिव प्रकाश बमले प्रधान न्यायाधीश तथा न्यायाधीश नियुक्ति र अन्य संवैधानीक नियकायका प्रमुखहरुको नियुक्ति योग्यता र प्रतिश्पर्धाका आधारमा हुनुपर्नेमा पुरानै प्रवृत्ति दोहोरिएको भन्दै आक्रोश व्यक्त गरे ।

अभियानका सुनिल विकले भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रबाट आफ्नो सेना नहटाए राष्ट्रिय मुक्तिको लडाई लड्नुपर्ने धारणा राखे ।
अभियानका शुशिल बुढाथोकीले विकल्प विना नै सुकुम्बासी बस्तिमा डोजर लगाउने कार्य गैर कानुनी मात्रै नभएर मानवताविरोधी कार्य भएको बताए ।

अभियनका जनम सिंहले वर्तमान सरकारको कुटनीतिक अपरिपक्वताको कारण राष्ट्रियता संकटमा गएको आरोप लगाए ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु