global ime bank Long Banner Ad

गृहपृष्ठ कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन

कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन

कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्का तीन दिन देखि सुर्खेतमा छन् । नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् । पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ ।

खड्काले शनिबार देउवा समूहको भेलालाई सम्बोधन गर्नेछन् । १४ औँ महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ । यद्दपी यो भेलाको संयोजन गर्न कर्णालीका पुर्व मुख्यमन्त्री जीवन शाहीले जिम्मेवारी पाएका छन् ।

पार्टीको बृहत एकताका लागि भनिएको भेलामा पार्टीका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्य, सबै जिल्लाका पार्टीका पदाधिकारी र सुर्खेत जिल्लाका वडा तहसम्मका जनप्रतिनिधि, पार्टीका पदाधिकारी र भातृ तथा शुुभेच्छुक संस्थाका पदाधिकारीलाई बोलाईएको छ ।

देउवा समूहले बोलाएको भेलामा सहभागी हुने नहुने भन्ने बिषयमा जनप्रतिनिधि र पार्टि पदाधिकारिहरु अन्योलमा रहेका छन् । भेलामा सहभागिताका लागि प्रदेशसभाका सदस्यहरुलाई संसदीय दलमार्फत निर्देशनात्मक पत्राचार गरिएको र पार्टी पदाधिकारीलाई प्रदेश समितिमार्फत अनिवार्य उपस्थित हुन भनिएको छ ।

खड्काको गृह जिल्लामा हुन लागेको भेलामा सहभागिता देखाउन सुर्खेतका सबै कार्यकर्तालाई आउन सर्कुलर गरिएको छ । कार्यक्रमको दुई दिन अघि सुर्खेत आएका खड्काले कार्यकर्ता भेटघाट तीब्र बनाएको छन् ।

बैशाख २८ र २९ गते नेपाली काँग्रेसका सभापति गगन कुमार थापा, उपसभापती बिश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेललगायतका नेताहरुले प्रदेशस्तरीय भेला गरेका थिए । त्यो भेलालाई चुनौती दिन देउवा समूहले भेला आयोजना गरेको हो ।

प्रकाशित समय : ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु