गृहपृष्ठ गल्ती गरेको प्रमाणित भए सरकारले छोड्दैन : पूर्वगृहमन्त्री गुरुङ
गल्ती गरेको प्रमाणित भए सरकारले छोड्दैन : पूर्वगृहमन्त्री गुरुङ
काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरुङले आफू विरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे। पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन । हाम्रै श्रममन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रोमा हुँदैन ।”
गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन निरु” भनेर प्रश्न गरेको समेत बताए । उनले थपे,
“नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै सचेत गराइसकेका छन् । म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”
यसैबिच, रास्वपा नेतृ एलिजा गुरुङले शुक्रबार नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल ‘चिनो’ को उद्घाटन गरेकी छन् ।
प्रकाशित समय : ०५:४९ बजे



















