गृहपृष्ठ आइपिएलमा पञ्जाब फेरि पराजित
आइपिएलमा पञ्जाब फेरि पराजित
Marco Jansen of Punjab Kings celebrates the wicket of Naman Dhir of Mumbai Indians during Match 58 of the TATA Indian Premier League 2026 between Punjab Kings and Mumbai Indians at Himachal Pradesh Cricket Association Stadium, Dharamshal, India, on May 14, 2026.
Photo by Deepak Malik / CREIMAS for IPL
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ ।
धर्मशालामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय रन बनाएको हो । टोलीका लागि प्रियम्सश आर्य र प्रभसिमरन सिंहले राम्रो सुरुआत दिलाए ।
प्रभसिमरनले ५७ रनको महत्वपूर्ण इनिङ्स खेले । तर मुम्बईका तर्फबाट श्रद्धुल ठाकुरले घातक बलिङ गर्दै ४ विकेट लिए । अन्त्यतिर अझमतुल्लाह ओमरजाइ र अन्य ब्याट्सम्यानको आक्रामक ब्याटिङका कारण टोली २ सय रनसम्म पुग्यो । २ सय १ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन बनाएर खेल जित्यो ।
मुम्बईका लागि रायन रिकेलटनले ४८ रन बनाए भने तिलक वर्माले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जित दिलाए ।यस खेलमा नियमित कप्तानको अनुपस्थितिमा जसप्रीत बुमराहले पहिलो पटक मुम्बईको कप्तानी सम्हालेका थिए र टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । हारका बाबजुद पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ । मुम्बई आइपिएल प्ले अफको दौडबाट बाहिरिसकेको छ ।
प्रकाशित समय : ०८:०९ बजे




















