global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ । आगामी साउन महिनामा यो सिनेमाको नेपालबाट छायांकन सुरु गरिनेछ ।

नेपालपछि सिनेमाको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् ।

उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैइरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ । यो सिनेमाको निर्माण घोषणासँगै अभिनेत्रीको खोजी प्रक्रिया सुरु भएको हो ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमालाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । अभिनेता कबिर पनि यो सिनेमाका निर्माता हुन् । उनले एउटा सुन्दर लभस्टोरी सिनेमा दर्शकलाई पस्किने हेतुले सिनेमा निर्माणमा पाइला चालेको बताए । यो सिनेमाका सहनिर्माता करण खड्का हुन् ।

सिनेमामा शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् ।

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु