global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए ।
उनले भने,‘परिणामका दृष्टिले सानो ठूलो जो–जेसुकै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ ।’

प्रचण्डले विगत र वर्तमानबीच तथ्यांकमै आधारित रहेर तुलना गर्दै संसदको रूपान्तरणलाई स्पष्ट पारे ।आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे ।

उनले भने,‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ, क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ । मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जसको प्रवेश भएपनि म आफैं प्रवेश गरेजस्तो लाग्छ । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ?’

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु