global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझैपनि विभेद र बहिष्कारको पीडामा बाँच्न बाध्य रहेको बताएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो पहिलो सम्बोधन गर्दै उनले संविधानले अधिकार सुनिश्चित गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिन्।

उनले भनिन्,‘म त्यस्तो समूदायबाट आएको छु, जहाँ व्यक्ति जन्मिँदा बहिष्कार र मृत्यु हुँदासमेत तिरस्कार सहन बाध्य छन । संविधान जारी भएको एक दशक बितिसक्दा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार कागजमै सीमित छन् । यी संवैधानिक अधिकार कार्यान्वयनको लागि आवश्यक ऐन र कानुन आजसम्म बन्न नसक्नु बिडम्बना छ ।’

उनले सरकार र संसदप्रति आफूहरू अझै आशावादी रहेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रममा समुदायको सशक्तीकरणलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मक रूपमा लिएको बताइन्। श्रेष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यकका तर्फबाट प्रतिनिधित्व गरकी ट्रान्सजेन्डर सांसद हुन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु