global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत । सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ ।

जिल्लाको सात वटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् ।

अब कुस्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ । निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । नवनिर्मित फलेवास नगरपालिका भवनको सोमबार नगरप्रमुख गङ्गाधर तिवारीले उद्घाटन गरे । सो भवन काली गण्डकी प्रदीप जुम्ली जेभीले २०७८ साल भदौ २१ मा सम्झौता भई निर्माण सुरु भएको थियो ।

नौ करोड एक लाख ५३ हजार २०० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा तीन तला र ४२ कोठा छन् । जसमा तीन वटा सभा हलसहित खानेपानी, विद्युत्, शौचालय जस्ता सुविधा छ । त्यसै गरी, नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।

भवन निर्माणका लागि स्थानीय बासिन्दाले ६२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन उद्घाटन गर्दै नगरप्रमुख तिवारीले अब नागरिकले नगरपालिकाबाट लिने सेवा सुविधा सहज हुने बताए ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु