global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरुले सो रकम पाउन नसकेका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरुले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् । उहाँका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका हुन् ।

जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ । नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरु भुक्तानीमा समस्या देखिएपछि पुनः निरास बन्न थालेको उलले बताए । सङ्घले भुक्तानीमा समस्या देखिएसँगै आफ्नो उत्पादनलाई बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र वडा नम्बर ३ को बेलचोकमा मार्ट सञ्चालनमा ल्याएको हो

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु