global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

महोत्तरी । यहाँको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुुमवासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ ।

जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो ।

“हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुुमवासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौँ”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भने, “यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म सुविधा पाउने छन् ।” भर्ना आगामी जेठ १५ सम्म भइसक्नुपर्ने विद्यालयले जनाएको छ ।

उहाँले ७७ जिल्लाका विद्यार्थी सरिक हुनसक्ने स्पष्ट पार्नुभयो । “यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्ममिति स्पष्ट खुल्नेगरी सम्बद्ध स्थानीयतहको वडा कार्यालयले सुकुुमवासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ ।” प्रअ पौडेलले भने ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु