गृहपृष्ठ आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरिन् ।
यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका छन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन् ।

प्रकाशित समय : १५:३० बजे