global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भयका छन । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले आठ महिना जेल सजाय भोगेका छन।

दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार विहानै जेलबाट रिहा भयका हुन।

उहाँको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए। थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उहाँलाई परिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए। त्यस्तै, उनको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भउका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए र उनलाई रातो गुलाब उपहार दिएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिकरूपमा देखिनुभएका उहाँले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन चाहेनन ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु