global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर । दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भए अनरुप सेवाग्राहीको घरमै राहदानी पु¥याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ ।

जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता दिन तयारी गरिसकेको छ । जिल्ला हुलाक कार्यालय प्रमुख सरोज पाण्डेयले प्रशासन कार्यालयसितको सम्झौतापछि घरमै राहदानी पुर्‍याउने कामको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

“प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम सो प्रयोजनका लागि फारम भर्न थालिसकेका छन्”, प्रमुख पाण्डेयले भने, “अबको दुई सातापछि नयाँ राहदानी जिल्लामा पुग्नासाथ हुलाक कर्मचारी जिल्लाभर वितरण थाल्नेछन् ।” उनले त्यसका लागि कञ्चनपुरका नौ वटै पालिकाका हुलाकका कर्मचारी तयारी अवस्थामा रहेका जानकारी दिए।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु