global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट बन्दीपुर ।तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ ।

पुरानो ढुङ्गाले छाएका घर तथा आँगन, गाउँका गल्ली तथा चोकका बाटाहरू । स्थानीयवासीले सरसफाइमा देखाएको अग्रसरताले यहाँको सौन्दर्यता अझै चुलिएको छ । जीवन्त ग्रामीण परिवेश, मौलिक रहनसन, कला सस्कृति अनुभव बटुल्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।

मनोरम शान्त वातावरण र मौलिकता युक्त गाउँले जीवनको प्रत्यक्ष अनुुभव लिन आउन चाहने जो कोहीलाई यो गाउँ पुग्नैपर्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा कूल ९५ घरधुरी रहेकोमा ४५ घरधुरीले अहिले सामूहिक रुपमा घरवास ९होमस्टे० सञ्चालन गरिरहेका छन् ।

गाउँमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई स्थानीले दिने गरेको आतिथ्यताले यस ठाउँप्रतिको आकर्षण बढ्दो क्रममा रहेको रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले बताए । सुरुमा २०७६ सालमा १४ घरधुरीबाट घरवास कार्यक्रम सुरु गरिएकामा उक्त सङ्ख्या बढेर ४५ घरमा पुगेको उहाँले बताए ।

प्रकृति र संस्कृतिको अनुपम सङ्गमजस्तै रहेको रामकोटमा मगर संस्कृतिका विविधता एक साथ अवलोकन गर्न पाइन्छ । गाउँमा आउाने पर्यटकहरूलाई मगर समुदायको मौलिकता झल्काउने झ्याउरे, कौरा, चुड्काजस्ता विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गदैै मनोरञ्जन गराउने गरिएको छ ।

मगर संस्कृतिको जगेर्नासँगै स्थानीयको आयआर्जनसमेत बढाउने उद्देश्यले गाउँमा घरवास सुरु गरिएको बताउँदै उहाँले यसलाई समयसापेक्ष रुपमा थप परिमार्जन र विकास गर्दै लैजाने सोच राखिएको जानकारी दिए ।

गाउँमा आएका पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यतासँगै खानपानलाई रुचाउने गरेको घरवास सञ्चालक मनमाया थापा बताउछन । “गाउँमा आएका पर्यटकले यहाँको प्रकृति, संस्कृतिसँगै न्यानो आतिथ्यताको प्रशंसा गरेर फर्कने गरेका छन्”, उनले भन्े, “हामीले पर्यटकलाई यामअनुसार गाउँममा नै उत्पादन हुने तरकारी तथा स्थानीय चामल, रैथाने अन्य वस्तुहरूसँगै खसी तथा कुखुराको मासु खुवाउने गरेका छौँ ।”

घरवास सञ्चालनले स्थानीवासीको जीवनशैलीमा समेत परिवर्तन आएको अर्का होमस्टे सञ्चालक बिहीसरा आलेले बताउनुुभयो । घरवासले आयआर्जनसँगै स्वरोजगारी अभिवृद्धि गरिरहेको बताउँदै उहाँले यसमा स्थानीयवासीको जागरुतासमेत बढिरहेको बताए । आफूहरूको प्रयासमा राज्यका तर्फबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले यस वर्ष सुरुमा घरवास सञ्चालन भएका केही घरको आँगनमा ढुङ्गा बिच्छ्याउनका लागि रु आठ लाख विनियोजन भई काम अघि बढ्न लागेको उनले बताए । उहाँका अनुुसार पछिल्लो समयमा बन्दीपुरमा आएका पर्यटकहरू रामकोट आउने क्रम बढिरहेको छ । बन्दीपुरमा सञ्चालित भिलेज सफारीका कारण पनि यहाँ आउने पर्यटककको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै सवारीसाधन प्रयोग गरेर बन्दीपुर र आसपासका गाउँमा पर्यटकहरूलाई पु¥याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिए । पर्यटककको इच्छाअनुुसार उनीहरूलाई ग्रामीण परिवेशको अवलोकन गराउन गाउँगाउँमा पु¥याउने गरिएको उनको भनाइ छ ।

विगतमा परम्परागत कृषिमा मात्रै रुमल्लिएको स्थानीयवासीको जीवन घरवास सञ्चालनसँगै परिवर्तन भएको घरवास सञ्चालहकहरू बताउँछन् । यहाँबाट बन्दीपुुरसँगै केशवटार, छाब्दी बराहीजस्ता गन्तव्यहरूमा जान सकिन्छ ।

गाउँ पर्यटनको प्रवद्र्धन र विकासको लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशको सहआयोजनामा हालै बन्दीपुरमा गाउँ पर्यटन मार्ट २०८३ सम्पन्न गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए।

मार्टका अवसरमा बन्दीपुर आसपासमा रहेका रामकोट, रुम्सीजस्ता गाउँमा सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सहभागी गराएर परिचयात्मक भ्रमणसमेत गराइएको उहाँले बताउनुुभयो । मार्टमार्फत गाउँहरूको परिचयात्मक भ्रमणसँगै घरवासहरूहरूबीच व्यावसायिक साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए ।

मार्टका अवसरमा ‘समृद्ध गाउँ, सशक्त पर्यटन’को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित जारी गरिएको १० बुँदे घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । उक्त मार्टमा रामकोट होमस्टेसहित गण्डकी प्रदेशका ३० वटा होमस्टेहरू सहभागी भएका थिए ।

घोषणपत्रमा होमस्टेहरूमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइने भनिएको छ ।

गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवद्र्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गरिने जनाइएको छ ।

सम्भावना युक्त गाउँलाई गाउँ पर्यटनका माध्यमबाट जोड्दै अघि बढ्नुु आवश्यक भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा बताउछन । गण्डकी प्रदेशभित्र धेरै गाउँहरूले पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै उहाँले सबैको संयुुक्त प्रयासमा तिनीहरूको प्रवद्र्धन र विकास गर्नुुपर्ने बताए ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु