global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएकाछन ।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारी संस्थानहरुलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै संस्थानको हितका लागि कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिए । लामो समयदेखि बल्झिएका समस्या मात्र औँल्याएर नहुने भन्दै उनले कर्मचारीहरुमा समाधानमुखी सोच र कार्यशैली आवश्यक रहेको बताए ।

गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको उहाँले बताए । देशको विविधता र भाषिक सम्पदाले देशलाई समृद्ध बनाएको भन्दै त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री तिमिल्सिनाले गोरखापत्रको लामो इतिहास स्मरण गर्दै समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएको बताए । गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

“आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले नै भविष्यको मार्गनिर्देश गर्छ । तपाईहरु यो संस्थालाई गर्व गर्न लायक बनाउने गरी काम गर्नुहोस्”, उनले कर्मचारीहरुलाई निर्देशन दिँदै भने।

“हामी नागरिकले तिरेको करबाट तलब लिने र सरकारी अनुदानबाट सञ्चालन हुने संस्था हौँ । त्यसैले नागरिकको हितमा काम गर्नु हाम्रो प्रमुख दायित्व हो ।”उनले भने।

सञ्चारमन्त्री तिमिल्सिनाले गोरखापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गरे ।

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु