global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो स् मन्त्री तिमल्सिना (भिडियो सहित)

नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो स् मन्त्री तिमल्सिना (भिडियो सहित)

नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो स् मन्त्री तिमल्सिना (भिडियो सहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् ।

गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको बताएका हुन् ।

उनले भने, ‘नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो । भाषा कारणले पनि समृद्ध छौं । सबै भाषाको सम्मान हुनु पर्दछ । गोरखापत्रमा विभिन्न भाषाहरू प्रकाशन हुँदै जानु हाम्रो लागि खिसी र गर्व दुवैको विषय हो ।’

मन्त्री तिमल्सिनाले गोरखापत्रको १२५ वर्षभन्दा लामो इतिहास गौरवपूर्ण भएपनि वर्तमान अवस्थामा संस्थान कहाँ उभिएको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

‘एकातिर एउटा गैरवसाली इतिहास छ, एउटा सुन्दर विगत छ । आजको दिनमा गोरखापत्रको संस्थान कहाँनिर उभिएको छ भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ । १२५ वर्षको इतिहास बोकेको गोरखापत्रको स्थान जहाँसम्म पुग्नुपर्ने थियो त्यहाँसम्म पुगेन भनेर सम्मान र रिभ्यू गरेन भने हाम्रो अगाडिको यात्रा त्यति सुखद नहुन सक्छ,’ उनले भने ।

सरकारसँग सम्बन्धित संस्थाहरूको हित, उन्नतीको लागि कसरी काम गर्न सकिन्छ भनेर तयारी गरि रहेको उनले बताए ।
‘नेपाल सरकारसँग सम्बन्धित जतिपनि संघस्थाहरु छन् अब तिनीहरूलाई कसरी अगाडि बढाउने, संस्थाहरूको हित र उन्नतिको लागि कसरी काम गर्ने भनेर तयारी गरी रहेको छौं,’ उनले भने ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु