global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बाजुराको बुढिगंगा नगरपालिकाको प्रशासकीय अधिकृतमा भट्टलाई खटाइयो

बाजुराको बुढिगंगा नगरपालिकाको प्रशासकीय अधिकृतमा भट्टलाई खटाइयो

बाजुराको बुढिगंगा नगरपालिकाको प्रशासकीय अधिकृतमा भट्टलाई खटाइयो

बाजुरा । करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बनेको बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको छ ।

नगर प्रमुख राम बहादुर बानियाँले पालिकाको प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको भन्दै नगर मंगलबार मन्त्रालयमै पुगेर तत्काल व्यवस्थापनका लागि आग्रह समेत गरेका थिए ।

साथै, उनले तत्काल अधिकृत नपठाए मन्त्रालयको गेटमै अनसन बस्ने चेतावनी समेत दिएका थिए ।

उनको गुनासोको सुनुवाइ गर्दै मन्त्रालयको मंगलबारको निर्णय अनुसार भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा कामकाजका लागि खटाएको हो । यता महिनौँसम्म अधिकृत विहीन नगरपालिकाबाट सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।

महिनौँसम्म नगरपालिकामा प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलब भत्ता, सिफारिस लगायतका अत्यावश्यक सेवा प्रवाहमा समस्या भइरहेको नगरपालिकाले जनाएको छ ।

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोज बहादुर ऐडीलाई खटाएको थियो । खटाएका ऐडी एक साता नबित्दै नगरपालिकाबाट फिर्ता भएका थिए ।त्यसपछि उनी फर्किनन् ।

करिब पाँच महिनाको अवधिसम्म पालिकामा प्रशासकीय अधिकृत नहुँदा हरेक कामकाजमा समस्या भइरहेको नगर प्रमुख राम बहादुर बानियाँले बताए । मन्त्रालयले निर्णय गरेर प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अब पालिकाको प्रशासनिक कामकाजका साथै अन्य दैनिक कामकाजमा समेत सहज पुग्ने अपेक्षा लगिएको जानकारी दिए ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु