global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड  सङ्कलन

मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड  सङ्कलन

मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड  सङ्कलन

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु एक करोड सात हजार सङ्कलन भएको छ ।

यही वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयव्यय सोमबार  सार्वजनिक गरिएको हो । ज्ञानमहायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार सङ्कलित रकममध्ये रु २४ लाख ३८ हजार खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको छ ।

कुल रकममध्ये दाताले कबोल गरेको थप रु २१ लाख ७६ हजार उठ्न बाँकी रहेको संयोजक कोइरालाले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित कुल लागत एक करोड ८३ लाख रहेको छ । हालसम्मको सङ्कलनबाट करिब ४१ प्रतिशत रकम जुटाउन सफलता मिलेको छ । उहाँका अनुसार मन्दिर निर्माणका लागि सहयोग आउनेक्रम अझै जारी छ ।

गाउँपालिका अध्यक्ष किरण राईले महायज्ञमार्फत प्राप्त सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्न विशेष ध्यान दिइएको बताउँदै दाताहरूले दिएको सहयोग रकम वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । “हामीले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौँ । जसले दातामा विश्वास बढाउनेछ”, उनले भने ।

अध्यक्ष राईका अनुसार पञ्चकन्या देवीसँग जोडिएको धार्मिक आस्था, स्थानीय इतिहास र सांस्कृतिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माणको योजना अघि बढाइएको हो । भविष्यमा यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत लिइएको उनको भनाइ छ । निर्माण गरिने मन्दिर गजुरसहित करिब ३१ फिट अग्लो हुने छ । मन्दिरलाई परम्परागत पुरातात्विक शैलीमा निर्माण गरिनेछ भने छानो तामाको रहने छ ।

प्रकाशित समय : ०४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु