global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी

दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी

दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ । काउन्सिलले हालै सार्वजनिक गरेको सूचनामा प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र आबद्ध भएर सेवा दिन निर्देशन गरिएको हो ।

काउन्सिलका अनुसार चिकित्सकहरूले कुनै पनि संस्थामा कार्य सुरु गर्नु अघि सो संस्थाको दर्ता अवस्था, वैधानिकता, उपलब्ध सेवा र सेवा दिने क्षमताबारे स्पष्ट जानकारी लिनुपर्नेछ। साथै, आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र आफूले प्रदान गर्ने सेवाबीच उचित सामञ्जस्य कायम गर्न पनि आग्रह गरिएको छ ।

सूचनामा दर्ताविहीन संस्थामा काम गर्नु वा त्यस्ता संस्थासँग आवद्ध हुनु पेशागत आचारसंहिता विपरीत हुने स्पष्ट पारिएको छ । यस्तो गतिविधिमा संलग्न चिकित्सकहरूलाई काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु