global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सञ्चालनमा नै नआई खण्डहरमा परिणत हुँदै सुलिथुम्काको भ्यू टावर

सञ्चालनमा नै नआई खण्डहरमा परिणत हुँदै सुलिथुम्काको भ्यू टावर

सञ्चालनमा नै नआई खण्डहरमा परिणत हुँदै सुलिथुम्काको भ्यू टावर

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् ।
वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ वटा जिल्लामा एक साथ ११ वटा भ्यू टावर बनाएको थियो । तिनै मध्येको खाँडादेवीको भ्यू टावर पनि एक हो ।

२०७७ सालमा निर्माण सम्झौता भएर ०७८ सालमा निर्माण भएको भ्यू टावर लगायतका संरचना निर्माणको लागि ३ करोड २० लाख ६० हजार ८ सय ५१ रुपैयाँ खर्च भएको थियो । भ्यू टावरसम्म पुग्ने पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर, कार्यालय भवन लगायतका संरचना निर्माण भएका थिए ।

यसरी बनिसकेको संरचना सञ्चालनमा नआउँदा अहिले बेवारिसे बनेको छ । त्यति ठुलो लगानीमा बेनका संरचना धेरै नष्ट भइसकेका छन् । प्रवेश गेटमा रहेको टिकट घरका झ्याल ढोका फोरिएका छन् । शौचालयका झ्याल ढोका फोर्नुका साथै धारा र बेसिनहरू समे तोडफोड गरिएको छ । त्यस्तै कार्यालय भवनका पनि झ्याल ढोकाहरू फोरिएका छन् ।

भ्यू टावरका समेत झ्याल ढोकाहरू तोडफोड गरिएको छ भने छानो उडाएर पानी चुहिने भएको छ । सबै संरचनाहरू क्रमशः खण्डहर बन्दै गएका छन् ।
वाग्मती सरकारको तत्कालीन उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले सो भ्यु टावर निर्माण गरेको थियो । त्यसको सञ्चालन वा हस्तान्तरण सम्बन्धी स्पष्ट कार्यविधि नहुँदा टावर सञ्चालन वा हस्तान्तरण हुन सकेको छैन ।

भ्यू टावर प्रदेश सरकार आफैँले सञ्चालन गरेको पनि छैन र स्थानीय तहलाई हस्तान्तरण गरेको पनि छैन । त्यसको संरक्षणको लागि दुवै तहका सरकारले कुनै चासो दिएका छैनन् ।

प्रदेश सरकारले अलपत्र छाडेका संरचनालाई जोगाइ राख्ने स्थानीय सरकारको रूपमा रहको खाँडादेवी गाउँपालिकाले पनि कुनै चासो देखाएको छैन । गाउँपालिकाले आफ्नो भूमिमा बनेका ती संरचनालाई रेखदेख र संरक्षणको सामान्य व्यवस्था मिलाएको भए पनि प्रयोगमा नै नआई ती संरचना नष्ट भएर जाने थिएनन् । यसमा स्थानीय तहले समेत विवेक पुर्याएको छैन ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु