global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। बिहीबार साँझ तीन दिने नेपाल भ्रमणमा आएका गोरले शुक्रबार परराष्ट्रमन्त्री खनालसँग भेटेका हुन्।

उनीहरूबीच लगानी र व्यापारका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको थियो।

भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत पनि हुन्। उनी शनिबार भारत फर्किनेछन्।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु